धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताएका छन् ।
प्रदेशका मुख्यमन्त्री कमल शाहलाई भेटेर फर्किएपछि नेता भट्टले यस्तो बताएका हुन् ।
उनले भने,‘हिजोको सहमति अनुसार मुख्यमन्त्री माओवादी केन्द्रले पाउनु पर्छ। यसमै पूरक निर्णयको रूपमा यथास्थितिमा विश्वासको मत दिन नसकिने निर्णय गरेका छौँ ।’
भोलि मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिँदै छन् । माओवादी संसदीय दलका नेता भट्टले भने अहिले माओवादीलाई नेतृत्व दिन मुख्यमन्त्री शाहलाई पनि आग्रह गरेका थिए ।
उनले यस विषयमा कानुन विद्हरूसँग पनि सल्लाह गरेको बताए ।
Leave a Reply