Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • कोरोनाको विषयमा सरकार गम्भीर छैन : गगन थापा

    कोरोनाको विषयमा सरकार गम्भीर छैन : गगन थापा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 3.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सांसद गगन थापाले प्रतिनिधि सभाको बैठकमा कोरोनाको विषयमा सार्वजनिक महत्वका विषय दर्ता गराएका छन्। थापाले नेपालमा केही पनि भएको छैन भनेर बस्ने अवस्था नरेहको बताए। उनले प्रश्न गरे, ‘इरानको जस्तो भएमा के गर्ने? रातिसम्म के केही भएको थिएन इरानमा विहानै दुइ जनाको मृत्यु भएको खबर आयो।’

    उनले नेपालको भुगोलको कारणलेमात्र अति उच्च जोखिममा नराखिकएको उल्लेख गर्दै नेपाल बाहिरबाट आएका केही नागरिकले निर्वाध नेपाल प्रवेश पाइरहेको बताए। थापाले यसरी भित्रिनेहरुलाई तत्काल रोक्न माग गरे। ‘थुप्रै कामदार नेपाल आएका छन्। ट्रेकिङ गरिएको छैन। नेपालबाट बाहिर जानेको मन्त्रालय अनुसार फरक आएको छ। वन मन्त्री आफै विदेश जानुभएको छ,’ उनले भने।



    उनले उच्चस्तरीय समन्वय समितिले एकिकृत कार्ययोजना ल्याउनुपर्ने मागसमेत गरे। संसदमा समेत कोरानका विषयमा समिति गठन गर्न थापाले माग गरे।



    उनले मान्छे अस्पतालबाट किन भाग्यो त्यो खोजिनुपर्ने बताए। उनले अस्पतालमा काउन्सिलिङ गर्नुपर्ने बताए। थापाले नेपालबाट बाहिर जानेबारेमा मन्त्रालय पिच्छे फरक धारणा आएको बताए। उनले स्वास्थ मन्त्रालयको नेतृत्वमा सबै काम हुनुपर्नेमा जाेड दिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार