Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • २४ घण्टा पनि टिकेन कालोपत्रे, अख्तियारद्वारा अनुसन्धान सुरु

    २४ घण्टा पनि टिकेन कालोपत्रे, अख्तियारद्वारा अनुसन्धान सुरु

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 501
    SHARES

    फाइल तस्विर

    नेपालगञ्ज । बाँकेमा निर्माण भइरहेको हुलाकी सडकमा असफाल्ट प्रविधिबाट सुरु गरिएको कालोपत्रे चौबीस घण्टा नबित्दै भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

    कुल ६८ करोड सात लाख ६६ हजार रुपियाँमा निर्माण थालिएको जिल्लाको राप्तीसोनारी–३, नारायणपुर चोकदेखि वडा नम्बर ६, कुण्डा चोकसम्मको २१ किलोमिटर हुलाकी राजमार्ग कालोपत्रे गरेको २४ घण्टा नबित्दै भत्किएको हो। कालोपत्रे सुरु गरेको भोलिपल्टै पक्की राजमार्ग भत्किएपछि स्थानीय बासिन्दाले सोको विरोध गर्दै निर्माण कम्पनी र सरकारी पक्षलाई सचेत गराएका थिए।



    सो सडक कालोपत्रे गर्दा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएकाले एक दिनमै कालोपत्रे भत्किएर ठाउँठाउँमा खाल्टाखुल्टी देखिएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छानबिन सुरु गरेको हो।



    अख्तियारको नेपालगञ्जस्थित सम्पर्क कार्यालयका प्रमुख गणेश अधिकारीले आयोगको टोलीले हुलाकी राजमार्गमा पुगेर अनुसन्धान गरिरहेको बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार