Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • पशुपति क्षेत्रका अवैध संरचना हटाउन काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’

    पशुपति क्षेत्रका अवैध संरचना हटाउन काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 678
    SHARES

    काठमाडौं । माडवारी समाजलाई धर्मशालामा बनाएको अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाले अल्टिमेटम दिएको छ ।

    बिहीबार महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले माडवारी समाजलाई गौशालास्थित धर्मशालामा बनाएको अवैध संरचना हटाउन मौखिक रूपमा २४ घण्टे अल्टिमेटम दिएको हो ।



    महानगरका मेयर बालेन शाहलाई सम्बोधन गरेर बुधबार पशुपति क्षेत्र विकास कोषले पठाएको पत्रमा कोषअन्तर्गत पर्ने क्षेत्रमा अतिक्रमित संरचना अझै बाँकी रहेकाले हटाएर सहयोग गरिदिन आग्रह गरिएको थियो ।



    काठमाडौं महानगरपालिका ८ का वडाध्यक्ष आशामान संगतका अनुसार एक रोपनी जग्गा भोगचलनको सम्झौता भए पनि माडवारी समाजले १० रोपनी भोगचलन गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार