काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच विवाद देखिएको छ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बिहिबार चैत ५ मा हुने स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बसेको बैठकमा संस्थापन र इतरपक्षबीच झडप भएको छ ।
झडपमा परी नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल गम्भीर घाइते भएका छन् । घाइते भएका रिमालको घाउको र नाकमा चोट लागेको छ ।
उम्मेदवार छनौट गर्ने विषयमा अध्यक्ष दुजाङ शेर्पाले गुण्डा पठाएर आफुहरूमाथि आक्रमण गरेको उनीहरूको भनाई छ ।
Leave a Reply