Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – राष्ट्रिय सहमति स्वीकार गर्न नसकेपछि ओली बाहिरिए

    प्रधानमन्त्री प्रचण्डले भने – राष्ट्रिय सहमति स्वीकार गर्न नसकेपछि ओली बाहिरिए

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 585
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले राष्ट्रिय सहमति स्वीकार गर्न नसकेपछि सरकारबाट बाहिरिएको बताएका छन् ।

    बिहिबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले भने,‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्नेमा जोड थियो । सभामुख एमालेको भयो । उपसभामुख रास्वपाको भइसक्यो । प्रधानमन्त्री माओवादीबाट म आफैं छु । राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गरेर राष्ट्रिय सहमति कायम गरौं भन्ने प्रस्ताव गरेँ उहाँ मान्न तयार हुनुभएन बाहिरिनुभयो ।’



    सबै दलको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय सहमति गर्न उमाले अध्यक्ष केपी शर्मा ओली तयार नभएपछि पुरानो गठबन्धन भत्किएको प्रचण्डको भनाई छ ।

    अहिलेको गठबन्धन संविधान, संसद र व्यवस्थाको रक्षाका निम्ति बनाएको प्रचण्डले बताए । उनले अब राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन सबै सांसदलाई आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार