Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कांग्रेस सभापति देउवा भन्छन् – रामचन्द्रजीलाई राष्ट्रपति बनाए संविधान च्यात्ने जोखिम हुँदैन

    कांग्रेस सभापति देउवा भन्छन् – रामचन्द्रजीलाई राष्ट्रपति बनाए संविधान च्यात्ने जोखिम हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 657
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई निर्वाचित गरे संविधान च्यात्ने जोखिम नहुने बताएका छन् ।

    बिहीबार काठमाडौंमा भएको आठ दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।



    उनले भने,‘रामचन्द्रजी अहिले राष्ट्रपति पदको लागि सबैभन्दा योग्य व्यक्ति हो । उहाँ प्रजातन्त्रको स्थायित्वका लागि जिन्दगीभर संघर्ष गरेको व्यक्ति हो ।



    प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संविधानको रक्षाका लागि उहाँले भूमिका खेल्नुहुनेछ भन्नेमा म पूर्ण विश्वास्त छु।

    विगतमा हामीले राष्ट्रपतिको विषयमा निकै नमिठो अनुभव संगाल्यौँ । तर अब रामचन्द्रजीलाई राष्ट्रपति बनाएपछि त्यस्तो जोखिम रहँदैन ।’

    उनले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो जोखिम नहुने दाबी गरे ।

    देउवाले राष्ट्रपतिका उम्मेदवार पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन संघर्षमै बिताएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार