काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोलखा भीमेश्वरको दर्शनका लागि बिहीबार दोलखा आइपुगेकी छिन् ।
उनले भीमेश्वरमा करिब आधा घण्टा रूद्री पूजा गर्ने कार्यक्रम रहेको छ ।
उनलाई भीमेश्वर मन्दिरमा वाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियासहित पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललगायतले स्वागत गरेका छन् ।
राष्ट्रप्रमुखका रूपमा उनको यो पहिलो दोलखा भ्रमण हो ।
Leave a Reply