Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • उर्मिला अर्यालको टिप्पणी – राष्ट्रपतिले नागरिकता विधेयकमा राजनीति गर्नुभयो

    उर्मिला अर्यालको टिप्पणी – राष्ट्रपतिले नागरिकता विधेयकमा राजनीति गर्नुभयो

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 570
    SHARES

    काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले कसैको इशारामा चलेर नागरिकता विधेयक रोकेकी बताएकी छिन् ।

    उपाध्यक्ष अर्यालले आफ्नै कार्यकक्षमा कुराकानी गर्दै राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गरेकी हुन्।



    उनले भनिन्, ‘राष्ट्रपति एमालेको जस्तो बन्नुभयो। राष्ट्रपति संस्थालाई सम्मानित बनाउन सक्नुभएन। अरूको इसारामा चल्नुभयो । नागरिकता विधेयकमा अनावश्यक राजनीति गर्नुभयो। एक पटक विधेयक फिर्ता गरे पनि अर्कोपटक रोक्न मिल्थेन तर रोक्नुभयो।’



    उनले संवैधानिक भूमिकामा रहने सबैले आफ्नो मर्यादा र सीमा नाघ्न नहुने बताइन् । अर्यालले राष्ट्रपति, उपराष्ट्रपतिले सबैको अभिभावकीय भूमिका खेल्नुपर्ने बताइन् ।

    नागरिकता विधेयक दुई–दुई पटक पठाउँदा पनि रोक्नु पीडादायक भएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार