Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकार शर्मा र उच्च आयुक्त टर्कबीच भेटवार्ता

    प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकार शर्मा र उच्च आयुक्त टर्कबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 540
    SHARES

    जेनेभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का शान्ति तथा मानव अधिकार सल्लाहकार गोविन्दप्रसाद कोइरालाले संयुक्त राष्ट्रसंघ मानवाधिकार परिषद्का उच्च आयुक्त भोल्कर टर्कसँग भेटवार्ता गरेका छन्।

    स्वीट्जरल्यान्डको जेनेभामा जारी परिषद्को ५२औँ सत्रका क्रममा उनीहरूबीच बुधबार भएको भेटमा मानवाधिकारका क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको दूतावास स्थायी नियोगले जनाएको छ।



    भेटमा मानव अधिकारका लागि सहायक महासचिव इल्जे ब्रान्ड्स केहरिस र परिषद्को एसिया प्यासिफिक शाखाका प्रमुख रोरी मुंगोभेन सहभागी थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार