Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • आजदेखि बीपीडब्लूको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

    आजदेखि बीपीडब्लूको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 846
    SHARES

    फाइल फोटो

    काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ ।

    लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँटफाँट गरिसकेको छ ।



    १ हजार ५०० कित्ता शेयर कर्मचारी तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिसकेको कम्पनीले जनाएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।



    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    सर्वसाधारणले लघुवित्तको आईपीओमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २ गतेसम्म लम्बिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार