काठमाडौं । राष्ट्रपतिमा आफ्नो दलका नेता रामचन्द्र पौडेललाई जिताउन नेपाली कांग्रेसले सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेताहरुलाई खटाएको छ ।
फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा आफ्नो उमेदवारलाई विजयी गराउन कांग्रेसले केन्द्रबाटै पदाधिकारी तहका नेता परिचालित गरेको हो ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो ।
कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरूङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
यसैबीच कांग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति चुनावमा खट्न जिम्मेवारी दिएको छ । कांग्रेसले ८ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ । यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ ।
Leave a Reply