काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।
आज दिउँसो १ बजे हुने कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको छ । कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्यांक्वेटमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा ९एकीकृत समाजवादी०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू का लागि अभिमुखीकरण कार्यक्रम अभिमुखीकरण कार्यक्रममा सहभागी हुनेछन् ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ ।
Leave a Reply