काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार कमलविनायक-नगरकोट सडकको अनुगमन गर्ने भएका छन् ।
अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहितको टोली हुनेछ।
बिहान ९ बजे सल्लाघारी, भक्तपुरमा भेट भई कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर अनुगमन सम्पन्न हुने छ। सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएर पटक-पटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेको रुग्ण आयोजना हो यो।
सैलुङ कन्स्ट्रक्सन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीका रूपमा परिचित शारदाप्रसाद अधिकारीको हो ।
Leave a Reply