Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

    गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • सोमबार, १३ माघ २०७६
  • 3.1K
    SHARES

    काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएपछि उनी परिवारसँग प्रहरीको सम्पर्कमा आएकै बेला पक्राउ परेकी छन् ।

    आस्था राउतलाई आफन्तले महानगरिय प्रहरी परिसर काठमाडौंमा आज बिहान ल्याएपछि नियन्त्रणमा लिइएको परिसरका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए। उनीबिरुद्द अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने छ। प्रहरीले उनी आफै प्रहरी कार्यालयमा आएको खन्डमा लचिलो बन्ने संकेत दिएको थियो।



    आस्था राउतलाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेर प्रहरीलाई गाली गरेकी थिइन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार