Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ओली लक्षित विमलेन्द्र निधिको टिप्पणी – कांग्रेसको ढोक्सामा माछा परिसक्यो

    ओली लक्षित विमलेन्द्र निधिको टिप्पणी – कांग्रेसको ढोक्सामा माछा परिसक्यो

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 636
    SHARES

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस माओवादी सम्बन्ध पुनः नयाँ ढंगबाट शुरु भएको बताएका छन् । नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको पदस्थापना तथा प्रथम बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन् ।

    एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा अहिलेको सरकार अल्पमतमा नपर्ने पनि उनले बताए । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पहिले पनि विश्वासको मत दिएको र फेरि दिने भएकाले सरकारमाथि कुनै खतरा नरहेको उनको भनाइ छ ।



    उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘ढोक्सामा माछा परिसक्यो ।’ वर्तमान राजनीति सही दिशामा हिँडेको भन्दै उनले चुनावको समयमा भएका गठबन्धनकारी दलबीच नयाँ समीकरणले जनताको मतको सम्मान भएको जिकीर गरे ।



    कांग्रेस र माओवादीबीच द्वन्द्व बढ्दा लोकतन्त्रवादीहरु निराश भएकाले कांग्रेसले कोर्ष परिवर्तन गरेको निधिले बताए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि शुरु भएको कोर्ष परिवर्तनकै कारण राष्ट्रपति निर्वाचनमा आठ दलबीच सहमति जुट्न सकेको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार