Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • आलाकार्ट प्रणाली लागू गर्ने सरकारको तयारी

    आलाकार्ट प्रणाली लागू गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 810
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी च्यानल हेरेबापत उपभोक्ताले तिर्नुपर्ने शुल्कको सम्बन्धमा आलाकार्ट प्रणाली लागू गर्ने तयारी गरेको छ ।

    यसले थोरै च्यानल हेर्ने नेपाली उपभोक्तालाई राहत मिल्ने र नेपालमा व्यापार गर्दै आएका विदेशी च्यानलका गतिविधिमाथि नियन्त्रण गर्न सकिने मन्त्रालयको विश्वास छ ।



    मन्त्रालयले आलाकार्ट प्रणालीका लागि कानूनी व्यवस्था गर्न प्रक्रिया अघि बढाएको छ । यो प्रणाली लागू हुन ढिलाइ हुँदा विदेशी च्यानलले नेपालका सिग्नल वितरण गर्ने कम्पनीसँग अनावश्यक सम्झौता गर्ने र आफूले भनेअनुसार फाइदा उठाउन नपाए एकपक्षीय रूपमा सम्झौता तोडेर अर्को कम्पनीसँग सम्झौता गर्दै आएका छन् ।



    विनासूचना टेलिभिजनको सिग्नल बन्द गरिदिने र नेपालका व्यवसायीबीच नै सम्बन्ध बिगार्ने जस्ता काम गर्दै आएको आरोप उनीहरूमाथि लागेको छ । आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार