Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • भूपूसैनिकलाई प्रधानसेनापति शर्माको अनुरोध – सेनाको प्रतिष्ठा अभिवृद्धि गर्नू

    भूपूसैनिकलाई प्रधानसेनापति शर्माको अनुरोध – सेनाको प्रतिष्ठा अभिवृद्धि गर्नू

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 777
    SHARES

    दाङ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवेदनशीलता, नीति नियम र अनुशासनलाई ख्याल गर्ने गरिमा र प्रतिष्ठा अभिवृद्धि गर्न भूपूसैनिकको महत्त्वपूर्ण जिम्मेवारी हुने बताएका छन् ।

    नेपाली सेनाको व्यवस्थापन र कल्याणकारी वार्डको संयोजनमा आज घोराहीस्थित रणसिंह दल गणमा आयोजित नेपाली सेना भूपूसैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।



    उनले समाजमा उदाहरणीय रूपमा प्रस्तुत भई नेपाली सेनाको प्रतिष्ठा अभिवृद्धि गर्न भूपूसैनिकलाई अनुरोध गरे । उनले नेपाली सेनाको संस्थागत हितलाई सदैव ध्यान दिई सैनिक सेवामा प्राप्त ज्ञान, सीप र अनुभवका आधारमा जनताको सेवामा सकारात्मक योगदान पु¥याउन अनुरोध गरे ।



    कुनै पनि राजनीतिक पार्र्टीसँग आबद्ध नभई संविधान र कानूनबमोजिम अहोरात्र खटिरहेको नेपाली सेनाप्रति हुने गरेको नकारात्मक टीकाटिप्पणी र झुठा समाचार सम्प्रेषण हुने गरेकोमा दुःख व्यक्त गदै उनले सेनाको मनोबल घटाउने त्यस्ता अवाञ्छित क्रियाकलापप्रति सचेत रहन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार