काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् ।
मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उपसभामुख रानाले बैठकमा खाली सिट देखिन थालेको भन्दै गुनासो गरेकी हुन् ।
उनले प्रतिनिधिसभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन् । उनले आफूले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताइन् ।
यस्तै उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
Leave a Reply