काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी छन्।
मन्त्रिपरिषद्ले मंगलबार गरेको निर्णय सुनाउने क्रममा उनले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी हुन् ।
उनले भनिन्, ‘राष्ट्रपतिको निर्वाचन पछाडि नै यसलाई व्यवस्थित ढंगले, केही छलफल पनि गर्नुपर्ने हुन्छ गठबन्धन दलभित्र । सरकारबाट निस्किसकेको अवस्थामा कुन-कुन पार्टी सरकारमाप्रवेश गर्ने त्यो कुराको पनि टुंगो लगाइसकेपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने उनले बताइन्।
राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले स्पष्ट पारिन् ।
Leave a Reply