Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • राजतन्त्र फर्काउन दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा

    राजतन्त्र फर्काउन दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 792
    SHARES

    काठमाडौं । व्यवसायी एवं नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि सार्दै १० बुँदे मागसहितको आन्दोलन घोषणा गरेका छन् ।

    पत्रकार सम्मेलन गर्दै प्रसाईंले राष्ट्र, राष्ट्रियता,धर्म–संस्कृति र नागरिक बचाउ महाभियानको नाममा आन्दोलनको घोषणा गरेका हुन्।



    उनले पुनः प्रजातन्त्र प्राप्तिका लागि आम नेपाली जनसमुदायलाई माया गर्दै पूर्वराजालगायत राजपरिवारका सदस्यलाई आन्दोलनमा सहभागी हुन संविधानले कुनै अवरोध नगरेको बताए ।



    पत्रकार सम्मेलनमा महाअभियानले संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागु गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय करण गर्नुपर्ने माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार