Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

    आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 576
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन्।

    ललितपुरको च्यासल फुटबल मैदानको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए।



    उनले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गरे। उनले सरकारको तर्फबाट देशका सबै प्रदेशहरूमा, सबै पालिकाहरूमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति,योजना र कार्यक्रम बनाएको बताए।

    च्यासल रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार