Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डकै जिम्मामा आए १६ मन्त्रालय

    प्रधानमन्त्री प्रचण्डकै जिम्मामा आए १६ मन्त्रालय

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 606
    SHARES

    काठमाडौं । नेकपा एमाले नेताहरुले सरकार छाडेपछि उनीहरुले सम्हालेको मन्त्रालय पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मामा आएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेकी हुन्।



    एमाले नेताहरु विष्णु पौडेल, ज्वालाकुमारी साह, विमला राई पौड्याल, दामोदर भण्डारी, भगवती चौधरी, पदम गिरी, राजेन्द्रकुमार राई, हरि उप्रेतीले सोमबार प्रधानमन्त्रीलाई राजीनामा दिएका थिए ।



    यसअघि राप्रपा नेताहरुले सरकार छाडेपछि उनीहरुले सम्हालेको मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।

    हाल मन्त्रिपरिषदमा नेकपा माअ‍ोवादी केन्द्र र जनमत पार्टीका नेता अब्दुल खानमात्र छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार