Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु

    क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 2.2K
    SHARES

    फाइल तस्बीर

    काठमाडाैँ। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।

    उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए ।



    उहाँले मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए÷नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने बताए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार