Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • मानव अधिकार परिषदको बैठकमा पूर्व कानुनमन्त्री गोविन्द बन्दी सहभागी

    मानव अधिकार परिषदको बैठकमा पूर्व कानुनमन्त्री गोविन्द बन्दी सहभागी

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 594
    SHARES

    काठमाडौं । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको ५२ औं बैठकमा पूर्व कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) सहभागी भएका छन् ।

    परराष्ट्रमन्त्री विमला राई पौड्याललाई रोकिएको परिषदको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार बिहान जेनेभा पुगेका हुन् ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानवअधिकार सल्लाहकारका रुपमा बैठकमा सहभागी भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले बताएको छ ।



    कोइरालालाई जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र अन्य अन्तर्राष्ट्रिय संस्थाका लागि नेपालका राजदूतरस्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई र नियोगका अधिकारीले स्वागत गरेका थिए । कोइरालाले आज आयोजना हुने परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार