काठमाडौं । पार्किङ निषेध गर्ने काठमाडौं महानगरपालिकाको कदमविरुद्ध सटर बन्द गरेर दरबारमार्ग क्षेत्रका व्यवसायीहरू सडकमा उत्रिएका छन् ।
महानगरपालिकाले दरबारमार्गको सडकमा हुने अव्यवस्थित सवारी पार्किङ हटाउँदा व्यापारमा गिरावट आएपछि व्यवसायीहरूले विरोध गरेका हुन् ।
महानगरले गएको पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको थियो ।
सडकबाट पार्किङ हटाइएको भन्दै स्थानीय व्यवसायीले महानगरको विरोध समेत गर्दै आएका छन् ।
Leave a Reply