Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • राज्यको ढुकुटीबाट आर्थिक सहायताका नाममा बाँडियो साढे ५ करोड

    राज्यको ढुकुटीबाट आर्थिक सहायताका नाममा बाँडियो साढे ५ करोड

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 615
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले पछिल्लो सात महिनामा साढे पाँच करोड रुपैयाँ सहायता बाँडेको छ ।

    अर्थ मन्त्रालयका अनुसार गत साउनदेखि माघ मसान्तसम्म व्यक्ति तथा संस्थालाई सरकारले पाँच करोड ४६ लाख ३३ हजार रुपैयाँ सहायता बाँडेको हो ।



    जसमा पूर्वराष्ट्रपति रामवरण यादवलाई २५ लाख औषधि उपचार खर्च प्रदान गरिएको छ । सरकारले ३ कात्तिकको मन्त्रिपरिषद् बैठकबाट पूर्वराष्ट्रपति यादवलाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिएको थियो ।



    सरकारले साउनमा ९३ लाख, भदौमा १ करोड ४१ लाख ७७ हजार र असोजमा २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ ।

    कात्तिकमा ४४ लाख, मंसिरमा १ करोड ३० लाख ८४ हजार, पुसमा ८८ लाख ७२ हजार र माघमा २४ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको अर्थ मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार