काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केहीबेरअघि सुरू भएको छ ।
च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको हो ।
समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन तयारी, परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्रीको आदेशमा रद्दलगायत विषयमा सचिवालय बैठकमा छलफल जारी रहेको छ।
एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
Leave a Reply