काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
मालेक क्रिकेट मैदानमा हङकङले टसर ब्याटिङ रोजेपछि नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो ।
नेपालले आज हङकङसँग खेलेपछि फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग र फागुन १८ (मार्च २) मा युएईसँग खेल्ने तालिका रहेको छ ।
प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।
Leave a Reply