Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्रीको कार्यकालमा हेलिकप्टर नचढ्ने नीति छ, ऋणमा हेलीकप्टर चार्टर नगर्नू : मन्त्री किराती

    मन्त्रीको कार्यकालमा हेलिकप्टर नचढ्ने नीति छ, ऋणमा हेलीकप्टर चार्टर नगर्नू : मन्त्री किराती

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 672
    SHARES

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले राष्ट्रिय विपति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने नीति लिएको बताएका छन् ।

    सोमबार बिहान सामाजिक सञ्जालमार्फत ऋणमा हेलिकप्टर नचढ्न आग्रह गर्दै उनले आखिरी कोही मन्त्री तपाईको गाउँमा आउँदैमा तपाईको खोला खोल्सीहरूमा दुध बग्दैन माटोमा सुन फल्दैन भन्दै टिप्पणी गरेका हुन् ।



    साथै उनले घाँटी हेरेर हाड निलौ भन्दै सामाजिक देखासिखि र विलासिता अन्त्य गर्न आग्रह समेत गरे ।



    उनले लेखेका छन् ‘राष्ट्रिय विपति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने नीति लिएकाछौं ।
    देशको बिभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलीकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गएका छैनौं ।

    त्यसको लागी तपाईहरुसंग क्षमा चाहान्छु । ऋणमा हेलीकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईको गाउँमा आउँदैमा तपाईको खोला खोल्सीहरुमा दुध बग्दैन माटोमा सुन फल्दैन । घाँटी हेरेर हाड निलौ सामाजिक देखासिखि र विलासिता अन्त्य गरौ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार