काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपतिमा नेपाली कांग्रेसले उठाएको उम्मेदवार कठपुतली छाप हुने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमालेको चन्द्र सूर्य हुने पनि दाबी गरे । देशको पहिलो राष्ट्रपति रामवरण यादवले के गरेको थियो ? भन्दै उनले प्रश्नसमेत गरेका छन् ।
बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गगन गफ सुनियो-एमालेले उठाउने रबर र काग्रेसको साझा छाप हुन्छ । म भन्छु-एमालेको चन्द्र सूर्य र कांग्रेसले उठाउने कम्फरटेबल कठपुतली छाप हुन्छ । रामबरणले संविधान जारी गर्ने बेला के गर्या थे ? र,सेनापति प्रकरणमा प्रचण्डलाई लोप्पा कस्ले ख्वाथ्योरुरामचन्द्र कालापानी मुद्दामा ०५५ मै भाग्या थे ।’
Leave a Reply