Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • क्वारेन्टिनमा रहेका युवकलाई सर्पले डस्यो

    क्वारेन्टिनमा रहेका युवकलाई सर्पले डस्यो

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 2.6K
    SHARES

    फाइल तस्बीर

    धनगढी । कैलालीको एक क्वारेन्टिनमा रहेका युवकलाई सर्पले डसेको छ । २२ दिनदेखि क्वारेन्टिनमा बसेका २२ वर्षीय उनी गौरीगंगा नगरपालिका–४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बस्दै आएका थिए ।

    ती युवकलाई शुक्रवार राति सर्पले डसेको हो । युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कैलालीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र, बढैपुरमा लगिएको थियो ।



    प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । सेनाको उपचार केन्द्रमा पनि उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज पठाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार