Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • वरिष्ठ अधिवक्ता शम्भु थापाले भने – कसैले हात नमिलाउँदैमा सन्दीप दोषी हुँदैन

    वरिष्ठ अधिवक्ता शम्भु थापाले भने – कसैले हात नमिलाउँदैमा सन्दीप दोषी हुँदैन

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 816
    SHARES

    काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले कसैले हात नमिलाउँदैमा क्रिकेटर सन्दीप लामिछाने दोषी नहुने बताएका छन् ।

    सर्वोच्च अदालतमा लामिछानेको पक्षमा बहस गर्दै उनले कसैले हात मिलाएन भन्दैमा उनी दोषी नहुने बताएका हुन् ।



    इजलासमा थापाले भने, ‘ सन्दीपले राम्रो खेल खेले । उनको बलिङबाट स्कटल्याण्डका खेलाडी रिसाएका होलान् । हात नमिलाउँदैमा उनी दोषी हुँदैनन् श्रीमान ।’



    अहिले सरकारी र पीडित पक्षको बहस सकिएर सन्दीपका वकिलहरुले बहस गरिरहेका छन् ।

    जसमा थापाले सकेका हुन् भने सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा, कृष्णप्रसाद सापकोटा र सविता भण्डारी बरालले बहस गर्न बाँकी छ ।

    यस्तै पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार