Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • एशियन हाइड्रोपावरको आइपिओ बाँडफाँट

    एशियन हाइड्रोपावरको आइपिओ बाँडफाँट

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 522
    SHARES

    फाइल फोटो

    काठमाडौं । एशियन हाइड्रोपावरको आइपिओ आज बिहान बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६९ हजार ७२० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।

    उक्त आइपिओमा कुल १४ लाख ३२ हजार २२२ जना आवेदकले आवेदन दिएकामा ६ हजार ५०२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म ६ लाख ९७ हजार २०० कित्ता आइपिओ बिक्री खुला गरेको हो।



    कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।



    यस्तै, ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरेर कम्पनीका कर्मचारीहरूको लागि १६ हजार ८०० कित्ता सेयर सुरक्षित गरेर बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई वितरण गरेको हो।

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार