एजेन्सी । युक्रेनमा शान्ति पुनर्वहालीको माग गर्दै विभिन्न देशमा प्रदर्शन भएको छ । रुस र युक्रेन युद्धको वर्षगाँठ पछि फ्रान्स र जर्मनीमा युक्रेनको पक्षमा प्रदर्शन भएको हो ।
फ्रान्सको राजधानी पेरिस र जर्मनीको बर्लिनमा हजारौं प्रदर्शनकारीहरुले युक्रेनमा शान्ति र वार्ता सहितको नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
प्रर्दशनमा दुवै देशका सांसददेखि सर्वसाधारण सहभागी थिए । प्रर्दशनकै क्रममा जर्मनीको बर्लिनमा १३ हजार मानिस उपस्थित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रर्दशनकारीले शान्ति वार्ता गर्न दुवै देशलाई आव्हान गरेका छन् ।
Leave a Reply