काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा स्व.महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले तत्कालीन अवस्थामा कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताए । अहिले बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जारी रहने उनको दाबी छ ।
‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ । तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ,’उनले भने,’अहिले पुनः नेपाली कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेका छौँ । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ ।’
Leave a Reply