Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रपतिमा प्रस्तावित रामचन्द्रले भने – संविधान रक्षकको भूमिकाका लागि तयार छु

    राष्ट्रपतिमा प्रस्तावित रामचन्द्रले भने – संविधान रक्षकको भूमिकाका लागि तयार छु

    अनलाइन नेपाल
  • शनिबार, १३ फाल्गुन २०७९
  • 492
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथि संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौति आउन लागेको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा प्रस्ताव गरेपछि पौडेलले यस्तो बताएका हुन्।



    पौडेलले भने,‘कांग्रेसले मात्र होइन, सबै पार्टीले म माथि सद्भाव राखेका छन्। नेपालको राजनीतिक जगतले ममाथि सद्भाव राखेका छन् । सबै दलका संसदमा रहेका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका साथीहरुको सद्भाव भएको मैले पाएको छु।’



    पौडेलले नेपालको संविधानको भावना र मर्म अंगाल्दै लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न संविधानको रक्षकको हैसियतले आफू लागिपर्ने बताए ।

    नेपाली कांग्रेसले मात्र नभएर सबै पार्टीले आफूमाथि सद्भाव र सहानुभूति राखेको पौडेलले बताए । बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

    आजै दिउँसो १ बजे २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार