Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • बालुवाटारमा जारी चार दलको बैठकमा महन्थ, रञ्जिता र खानको ‘इन्ट्री’

    बालुवाटारमा जारी चार दलको बैठकमा महन्थ, रञ्जिता र खानको ‘इन्ट्री’

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 621
    SHARES

    काठमाडौं । निर्वाचनअघिको पाँच दलीय गठबन्धनको बैठकमा जनमत, नागरिक उम्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी भएका छन् ।

    राष्ट्रपति निर्वाचनको विषयमा निर्णय गर्न शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा बैठकमा यी तीन दल पनि सहभागी भएका हुन् ।



    बैठकमा सहभागी हुन जनमतका नेता अब्दुल खान, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्चिता चौधरी र लोसपाको अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । आजको बसेको बैठकले पुरानो गठबन्धनलाई ब्युँताएर राष्ट्रपतिको उम्मेदवार तय गर्ने नेताहरुले बताएका छन् ।



    बैठकमा पुरानो गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायतका शीर्ष नेताहरु सहभागी छन् । यसअघि प्रधानमन्त्री प्रचणड र नेकपा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भए पनि कुरा नमिलेपछि ओली बाहिरिएका थिए। ओली बाहिरिएसँगै कांग्रेसलगायतका नेताहरू बालुवाटार पुगेका थिए।

    शुक्रबार बिहान पनि चार दलको बैठक बसेको थियो। बैठकले चार दलबाटै राष्ट्रपति र उपराष्ट्रपति बनाउने विषयमा सैद्धान्तिक सहमति गरेको थियो। बालुवाटार स्रोतका अनुसार राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपालाई दिने मोटामोटी सहमति भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार