Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • देउवा,ओली र नेपालले महाकाली सन्धि गरेको भन्दै गौतमले पोखे आक्रोश

    देउवा,ओली र नेपालले महाकाली सन्धि गरेको भन्दै गौतमले पोखे आक्रोश

    अनलाइन नेपाल
  • शनिबार, १३ असार २०७७
  • 3.6K
    SHARES

    काठमाडौं। सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि गर्नु नै गल्ती भएको र सोही कारण आफुले कारवाही भोग्नु परेको वताएका छन् ।

    बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा बोल्दै गौतमले २५ वर्ष अगाडि भारतसँग महाकाली सन्धि गर्नु गल्ती थियो भनेर पार्टीले अब निर्णय गर्नुपर्ने बेला आएको वताए।



    महाकाली सन्धिलाई लिएर तत्कालीन एमालेले आफूमाथि कारबाही गर्नु गल्ती थियो भनेर नेकपाले निर्णय गरेर न्याय दिनसमेत उनले माग गरे ।
    महाकाली नदीको मुहान लिम्पियाधुरा हो भनेर प्रष्ट पार्नुपर्छ भन्दा आफूसहित १६ जनालाई पार्टीले कारबाही गरेको गौतमले स्मरण गरेका थिए ।



    २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग महाकाली सन्धि गरेका थिए ।

    महाकाली सन्धि २०५३ साल असोज ४ गते सत्तारुढ कांग्रेस तथा प्रतिपक्षी एमालेको पूर्ण समर्थनमा संसद्को दुईतिहाई मतका आधारमा पारित भएको थियो ।

    सन्धिलाई लिएर तत्कालीन एमालेमा अन्तरविरोध बढ्दै गएपछि २०५४ फागुन २१ गते पार्टी विभाजन भएको थियो ।

    गौतम महाकाली सन्धिको विपक्षमा रहेका थिए । तत्कालीन एमाले नेता केपी शर्मा ओली र माधवकुमार नेपाल महाकाली सन्धिको पक्षमा थिए । गौतमले महाकाली सन्धिकै कारण पार्टी फुटाएर नेकपा माले गठन गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार