Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • अख्तियारद्वारा प्रधानाध्यापकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अख्तियारद्वारा प्रधानाध्यापकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 549
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमको एक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

    आयोगले मुसिकोट नगरपालिका–५ थर्पु डिक्रेस्थित श्री शाइकुमारी आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोविन्द बहादुर केसी र तत्कालीन प्रधानाध्यापक लालबहादुर केसीसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।



    उनीहरुले विद्यालयको रकम कानून विपरीत लगानी गरी दुरुपयोग गरेको अख्तियारको आरोप छ । विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष केसी र तत्कालीन प्रधानाध्यापक लालबहादुर केसीले विद्यालय व्यवस्थापन समितिबाट विभिन्न मितिमा निर्णय गरी गराई शिक्षा नियमावलीविपरीत विद्यालयको ८ लाख ९४ हजार रुपैयाँ विभिन्न व्यक्ति, सडक निर्माण समिति र वन उपभोक्ता समूहसमेतलाई ऋण कर्जा दिएको अभियोगपत्रमा उल्लेख छ।



    ऋण दिइएको उक्त रकम फिर्ता नगरी नगराई खाईमासी बदनियतपूर्वक नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। त्यसैगरी वागबजार पैयाचौर रावलबारा थर्पु डिक्रे सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष माया केसीले पनि भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको छ।

    केसीले विद्यालयमा विद्यालय व्यवस्थापन समितिको बैठकमा उपस्थित भई निर्णयमा हस्ताक्षर गरी विद्यालयको ८ लाख रुपैयाँ बाटो निर्माण गर्न लिई बाटो निर्माण नगरी उक्त रकम विद्यालयको खातामा दाखिल समेत नगरी खाईमासी अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ।

    साथै उक्त विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वागबजार पैयाचौर रावलबारा थर्पु डिक्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष द्रोण बहादुर खत्रीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

    खत्रीले विद्यालय व्यवस्थापन समितिको बैठकमा उपस्थित भई निर्णयमा हस्ताक्षर गरी नियमविपरीत विद्यालयको रकम सडक निर्माण उपभोक्ता समितिको नाममा आफै लिई सो रकमबाट सडक निर्माण गर्नुपर्नेमा नगरी तथा विद्यालयबाट सापटी भनी लिएको रकम फिर्ता नगरी ८ लाख ४८ हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको उल्लेख छ। निजहरुउपर बिगो ८ लाख ९४ हजार रुपैयाँ कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार