Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • राष्ट्रपतिमा पुरानै गठबन्धनको साझा उम्मेदवार हुन्छ : गगन थापा

    राष्ट्रपतिमा पुरानै गठबन्धनको साझा उम्मेदवार हुन्छ : गगन थापा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 600
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुरानो पाँच दलीय गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार तय हुने बताएका छन्।

    बिहानदेखि करिब साढे ३ घण्टासम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि उनले यस्तो बताएका हुन् ।



    उनले भने, ‘कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । फेरि आआफ्नो दलमा साँझ पाँच बजे बस्नेगरी टुंग्याउछौं।’



    कांग्रेसले प्रस्ताव गरेको र अन्य दलबाट आएको प्रस्तावमा कुरा भइरहेको बताए। महामन्त्री थापाले पुरानो पाँच दलीय गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार तय हुने बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार