काठमाडौं । बालुवाटारमा चार दलको बैठक जारी रहेका बेला कांग्रेस नेता विमलेन्द्र निधिको इन्ट्री भएको छ ।
बिहान करीब ९ बजेदेखि बसिरहेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र एकीकृत समाजवादीको बैठकमा निधि पनि मिसिएका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु रहेका छन् ।
राष्ट्रपति निर्वाचन र यी दलबाट सहमतिमै उम्मेदवार तय गर्नेलगायत विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले बतायो ।
संसदमा सबैभन्दा ठूलो दल आफूहरू भएकोले राष्ट्रपति पाउनुपर्ने अडान नेपाली कांग्रेसका नेताहरूको छ।
Leave a Reply