Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अर्थले माग्यो करार र ज्यालादारी कर्मचारीको विवरण, हटाउने तयारी

    अर्थले माग्यो करार र ज्यालादारी कर्मचारीको विवरण, हटाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 726
    SHARES

    काठमाडौं । सरकारले सबै निकायमा रहेका करारका कर्मचारी हटाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो ।

    अर्थ मन्त्रालयले चिठ्ठी नै लेखेर सबै मन्त्रालय, आयोग, कार्यालय, बोर्ड, आयोजना र विभागमा करारमा कार्यरत रहेका कर्मचारीको विवरण मागेको हो ।



    मन्त्रालयले एक चिठ्ठी लेख्दै फागुन ५ गते ७ दिनभित्र करारमा कार्यरत सबै कर्मचारीको विवरण उपलब्ध गराउन भनेको थियो ।



    सोअनुसार आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायहरूलाई ३ दिनभित्र करारका कर्मचारी र ज्यालाधरिका कर्मचारीको विवरण पठाउन भनेको छ ।

    अत्यन्त आवश्यक र प्रविधिक कर्मचारी रहेको खण्डमा मात्रै राख्ने अन्यथा सबै करारका कर्मचारी हटाउने काम थालनी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार