काठमाडौं । सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ ।
बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो ।
जसपाका नेता राजेन्द्र श्रेष्ठले कांग्रेससँग छलफल भएपछि चुनावअघिको पुरानो गठबन्धन ब्यूँतिनेबारे निर्णय हुने बताए ।
‘तीन दल मिलेर कसरी जाने भन्ने कुरा हो । तीन दलबीच छलफल त भइरहेकै छ । कांग्रेससँग बसेपछि टुंगिन्छ । नयाँ गठबन्धन बन्छ कि बन्दैन भन्ने भोलि थाहा हुन्छ,’ उनले भने ।
Leave a Reply