Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • क्रिकेटका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

    क्रिकेटका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 507
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

    बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्।



    खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।’



    प्रधानमन्त्री दाहालले खेलाडीको कारण देशकै गौरव र प्रतिष्ठा बढेको बताउँदै सबै नेपालीहरूको तर्फबाट बधाइ ज्ञापन गरे।

    उनले आउने प्रतिस्पर्धाका लागि शुभकामना समेत दिएका थिए। छोटो समयमै नेपाली क्रिकेटले पाएको सफलताले आफूलाई पनि राजनीतिमा प्रेरणा दिएको उनको भनाइ छ ।

    त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । नेपालले लिग–२ को त्रिकोणात्मक श्रृंखलामा नेपाल पहिलो पटक क्लिन स्विप गरेको हो । नेपालले श्रृंखलामा नामिबिया र स्कटल्याण्डमाथि २–२ खेलमा विजय हात पारेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार