Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पत्नीसँग नग्न अवस्थामा देखेपछि छोराले गरे बाबुको हत्या

    पत्नीसँग नग्न अवस्थामा देखेपछि छोराले गरे बाबुको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 882
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । पत्नीसँग आपत्तिजनक अवस्थामा देखेपछि कपिलवस्तुमा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन् ।

    शिवराज नगरपालिका १० शीतलापुरका ३० वर्षिय मग्निराम पासीले आफ्नै बाबु ६४ वर्षीय मगरे पासीको हत्या गरेका हुन् । बुधबार बिहान मगरे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।



    घटना शंकास्पद देखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यस क्रममा मग्निरामले आफूले नै बाबुको हत्या गरेको स्वीकार गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।



    मंगलबार बिहान ११ बजेतिर श्रीमती र बुवालाई नग्न अवस्थामा देखेपछि आफूले बुवाको हत्या गरेको मग्निरामले प्रहरी समक्ष बयान दिएका छन् ।

    हत्यापछि आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्ड्याएको खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार