Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • पुरानै गठबन्धन ब्युँताउने प्रचण्ड र देउवाबीच समझदारी, प्रचण्ड भन्छन् – चाँडै निर्णय दिन्छु

    पुरानै गठबन्धन ब्युँताउने प्रचण्ड र देउवाबीच समझदारी, प्रचण्ड भन्छन् – चाँडै निर्णय दिन्छु

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 594
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पुरानै गठबन्धन ब्युँताउने समझदारी जुटेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तीन दलबीच पुरानै गठबन्धन ब्युँताउने समझदारी भएको हो ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पुरानै चुनावी गठबन्धन ब्यूँताउने औपचारिक प्रस्ताव राखेका थिए । उक्त सर्त अनुसार कांग्रेसलाई राष्ट्रपति दिन प्रचण्ड सकारात्मक भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिबारे चाँडै निर्णय दिनेसमेत बताएका छन् ।



    भोलि दिनभर छलफलपछि बेलुकासम्म सबै विषयमा टुंगो लाग्ने नेताहरुले दाबी गरेका छन् । कांग्रेस सभापति देउवाले बुधबार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग आफ्नै निवासमा चरणबद्ध छलफल गरेका थिए ।



    त्यसपछि बेलुका कांग्रेस शीर्षहरूसहित बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग निर्णायक वार्ता भएको थियो । त्यसक्रममा राष्ट्रपति निर्वाचनमा विगतको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे सघनरूपमा छलफल भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार