Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • माधवसँगको छलफल लगत्तै प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा

    माधवसँगको छलफल लगत्तै प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 579
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

    आफ्नै निवासमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गरेर सभापति देउवा बालुवाटार पुगेका हुन् ।



    २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ । दलहरु त्यसअघि नै सहमति गर्ने गरी छलफलको दौडधुपमा छन् ।



    बालुवाटामा आसन्न राष्ट्रपति चुनाव र पुरानो सत्ता गठबन्धन ब्युँताउने विषयमा छलफल हुने नेताहरू बताउँछन् । कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफूले उठाउने उम्मेदवारका लागि सहमति जुटाउन प्रयास गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार