Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कुलेश्वरमा फलफूल पसल चलाएर अवैध हुण्डी कारोबार, ७१ लाखसहित एक भारतीय पक्राउ

    कुलेश्वरमा फलफूल पसल चलाएर अवैध हुण्डी कारोबार, ७१ लाखसहित एक भारतीय पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 711
    SHARES

    काठमाडौं । फलफूल व्यवसायको आवरणमा हुण्डी कारोबारमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको हिमाचल प्रदेशस्थित सिमलाथाना घर भई कुलेश्वर ‘माँ चामुण्डा फ्रुट सेन्टर’ सञ्चालन गर्दै आएका ४९ वर्षीय विजय कुमार गुप्ता रहेका छन् ।



    उनको साथबाट हुण्डी गर्ने प्रयोजनको लागि सङ्कलन गरेको नगद ५७ लाख र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेक गरी जम्मा ७१ लाख ८० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।



    कुलेश्वरमा हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    उनलाई नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

    गुप्ता यसअघि पनि २०७५ साल साउन ७ गते भारतीय रुपैयाँ २ लाख र ३१ लाख नेपाली रुपैयाँसहित पक्राउ परेर छुटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार