Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • चैत १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी

    चैत १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 669
    SHARES

    काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने भएको छ । केन्द्रले मुलुकका आठैवटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले हरेक हप्ता बैठक बोलाएर आगामी शैक्षिक सत्र अर्थात् २०८० साल वैशाख २ गतेबाट सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएपछि जनक शिक्षाले चैत १५ गतेबाटै बिक्री खुला गर्न लागेको हो ।



    केन्द्रले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, पोखरा, बुटवल सुर्खेत र काठमाडौंबाट बिक्री शुरू गर्न लागेको जानकारी दिँदै जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले २४ सै घण्टा प्रेस सञ्चालन गरेर भए पनि समयमै पाठ्यपुस्तक पु¥याउने लक्ष्यअनुसार काम भइरहेको बताए ।



    उनले भने–‘दैनिक करिब १ लाख ५० हजार थान पुस्तक तयारी भइरहेको छ । त्यसले गर्दा आगामी शैक्षिक सत्रमा पुस्तक अभाव हुँदैन ।’ उनका अनुसार कक्षा ६ देखि १० को १ करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्ने दायित्वअनुसार हालसम्म ९५ लाख थान पाठ्यपुस्तक छपाइ सकिएको बताए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार